शुक्रबार, भदौ ५, २०८३

एकीकृत समाजवादी पुर्चौडी नगर अध्यक्षमा बोहरा

नेपाल एकीकृत समाजवादी पुर्चौडी नगर कमिटी अध्यक्षमा रमेश बोहरा चयन भएका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

बैतडी- नेपाल एकीकृत समाजवादी पुर्चौडी नगर कमिटी अध्यक्षमा रमेश बोहरा चयन भएका छन्। नगर अधिवेशनले बोहराको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको पार्टी जिल्ला उपसचिव गौरिदत्त भट्टले जानकारी दिए। 

नगर उपाध्यक्षमा प्रेम साउँद र नरेन्द्र विष्ट चयन भएका छन्। सचिवमा वीरेन्द्र जागरी, सहसचिवमा बिर्खबहादुर धामी, जनक धानुक र प्रेम धामीलाई चयन गरिएको छ। 

डिलाशैनी गाउँपालिका-७ मा पनि वडा कमिटी गठन गरिएको छ। धौलसिंह धामीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको विद्यार्थी नेता सुवास बोहराले बताए।

प्रकाशित: Nov 27, 2021| 08:45 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...