दार्चुला- नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन्। कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बोहरा दोस्रो पटक जिल्ला सभापति बनेका हुन्। कुल ९ सय ५६ मत खसेकोमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मतमा चित्त बुझाए। २७ मत बदर भएको छ।
उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु 'कस्यप', सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन्। सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी भएका छन्।
सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादु बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी निर्वाचित भएका छन्।
कांग्रेस दार्चुलाको ४२ सदस्यीय कार्यसमितिका लागि ६९ जनाले मनोनयन दर्ता गराएका थिए। जसमध्ये २२ पदमा निर्विरोध भए भने १९ पदका लागि निर्वाचन भएको हो।