शुक्रबार, भदौ ५, २०८३

कास्की कांग्रेस सभापतिका लागि पुन: मतदान हुने

नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ। सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने भएको हो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

पोखरा- नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ।  सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने भएको हो।

सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए। तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए।  ४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल 'विमल' ले जानकारी दिए। विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ। 

बराल केन्द्रमा शेरबहादुर देउवा निकट हुन् भने भट्टराई यसअघि कृष्ण सिटौलातिर भए पनि अहिले क्याम्प फेरेर गगन थापातिर लागेका छन्। पुराना नेता शुक्रराज शर्मालाई फकाएर देउवाले जिल्ला सभापति आफ्नो पोल्टामा पार्ने अवस्था छ। शर्माले यसअघि आईबहादुर गुरुङलाई समर्थन गरेका थिए।

शर्माको समर्थन बरालले पाए उनी विजयी हुने सम्भावना छ। गगन थापा र शेखर कोइरालाहरु पनि बराल हराउने अभियानमा छन्। उनीहरुले देवराज चालिसे र यज्ञबहादुर थापाहरुको ‘च्यानल’ प्रयोग गर्ने देखिन्छ। यसअघि चालिसेको समर्थन पोषनाथ शर्मा र थापाको समर्थन गिरीराज गौतमलाई थियो।

प्रकाशित: Nov 27, 2021| 08:05 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...