शुक्रबार, भदौ ५, २०८३

एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र

प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- सत्ता घटक नेकपा माओवादी केन्द्रलाई पनि आन्तरिक चुनाव लागेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो। माओवादी केन्द्रले आज शनिबार ७५३ वटा स्थानीय तहमा अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ। 

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन्। 

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए। पालिका सम्मेलन २५ मंसिरमा हुनेछ। 

माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ।

प्रकाशित: Nov 27, 2021| 07:18 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...