काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने छ।
नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन्।
यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको छ। आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ।