शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय

एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय

पार्टीको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं– नेकपा एमालेमा पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टीको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि सबैलाई समेटेर लैजान यस्तो निर्णय गरेको बताइएको छ। 

बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय छ। बैठकले पोलिटब्युरो ब्युँताएको छ भने जसमा ९९ जना सदस्य रहनेछन्। गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो। त्यसलाई फेरि ब्युँताएर ९९ सदस्यको पोलिटब्युरो गठन गर्ने ओलीको प्रस्ताव बैठकमा सर्वसम्मत पारित भएको तामाङले जानकारी दिए।

बैठकको निर्णयअनुसार एमाले केन्द्रीय कमिटीमा ३०१ जना सदस्य हुनेछन्। यस्तै पोलिटब्युरोमा ९९ जना तथा स्थायी कमिटीमा ४५ जना सदस्य हुनेछन्। १९ सदस्यीय पदाधिकारीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र सात सचिव रहनेछन्। यी सबै नेताको चयन सर्वसम्मत रुपमा गर्ने निर्णय भएको पनि तामाङले बताए।

प्रकाशित: Nov 27, 2021| 00:20 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...