शुक्रबार, भदौ ५, २०८३

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा 'माटी यात्रा' सुरु

सिके राउतको नेतृत्वको जनमत पार्टीले एकताको सन्देश दिने गरी 'जनमत माटी यात्रा' सुरु गरेको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

बुटवल– सिके राउतको नेतृत्वको जनमत पार्टीले एकताको सन्देश दिने गरी 'जनमत माटी यात्रा' सुरु गरेको छ। पूर्व मेची देखी पश्चिमको महाकाली सम्म पुग्नेगरि जनमत माटी यात्रा सुरु गरेको हो। 

बुद्धको जन्मस्थल लुम्बिनीमा एक कार्यक्रम गरि जनमत पार्टीका केन्द्रिय सचिव एवम रुपन्देही जिल्ला समितिले लुम्बिनीको माटो केन्द्रिय अध्यक्ष डाक्टर सिके राउतलाई हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरेका हुन्। पूर्वदेखि पश्चिमसम्मको स्थानीय तहका माटो संकलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउका लागि प्रयोग गरिने अध्यक्ष रावतले बताए। उद्यान बनाउने लक्ष्य राखिएको भएपनि उद्यान कहाँ बनाउने भन्ने टुंगो लागिसकेको छैन। 

उनले यो यात्रा लगातार नभई चरणवद्ध रुपमा गरिने र अहिलेलाई ३ जिल्लामा मात्र गरिने बताए। नेपालीहरु जात र भूगोलका आधारमा विभाजित भएको भन्दै यो अभियानले एकताको सन्देश दिन खोजेको बताए।

प्रकाशित: Nov 26, 2021| 16:54 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...