शुक्रबार, भदौ ५, २०८३

जहाँ एमालेले हात हाल्यो, परिवर्तन भएको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गर्नेको ओइरो लाग्ने बताएका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गर्नेको ओइरो लाग्ने बताएका छन्। चितवनको नारायणी किनारमा पार्टीको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनलगत्तै एमाले चुनावको तयारीमा लाग्ने बताए। 

उनले भने, ‘अब हिँउदभर एमाले प्रवेशका कार्यक्रम चल्छन्। देशका सबै कार्यकर्तालाई एमालेको झन्डामुनि गोलबद्ध हुन आग्रह गर्छु। एमाले चिन्न पनि अप्ठेरो छैन। चिह्न पनि बोक्न अप्ठेरो छैन। सूर्य देवताले संसारलाई उज्यालो बनाएका छन्। त्यही सूर्य एमालेको चिन्ह हो।’

प्रचण्डको नेतृत्वमा कम्युनिष्टको एउटा चोइटो चोइटिएर गएको बताउँदै ओलीले अहिलेको गठबन्धन सरकारले काम गर्न नसक्ने दाबी गरे। फरक प्रसंगमा उनले आफ्नो कारण भुटानी शरणार्थीहरू अमेरिकामा चिल्ला गाडी चढिरहेको दाबी गरे। ‘जहाँ एमालेले हात हाल्यो, त्यहाँ परिवर्तन भएको छ। म उपप्रधानमन्त्री भएका बेला शरणार्थीलाई अमेरिका पठाउने काम भयो। ती भुटानीहरू आज अमेरिका पुगेर चिल्ला गाडी चढेका छन्।’

प्रकाशित: Nov 26, 2021| 15:59 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...