काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समझदारीमा नै एमालेको नयाँ नेतृत्व चयन गर्ने विषयलाई जोड दिएका छन्। नारायणी किनारमा दसौँ महाधिवेशन उद्घाटन गर्दै उनले समझदारीमा नै नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।
'समझदारी सहमति र एकताका साथ पर्सिसम्ममा महाधिवेशन सम्पन्न गर्नेछौँ। सर्वाधिक जनसहभागितताका साथ सम्पन्न भएको छ,' उनले भने, 'बन्दसत्र एकताबद्ध ढंगले ५ वर्षका लागि एमालेलाई मात्र होइन, देशलाई नै निर्देश गर्ने एकताबद्ध नेतृत्व निर्माण गरी महाधिवेशन हलबाट बाहिर आउनेछ।'
ओलीले १३ गते पत्रकार सम्मेलन गरी एमाले महाधिवेशन सफलताको विज्ञप्ति जारी गर्ने उनले जानकारी दिए।
उनले अन्तर्विरोधमा नल्झन र समझदारीमा आउन समेत आग्रह गरेका थिए। 'सानातिना अन्तर्विरोध र समझदारीमा एकतालाई विश्वास गरी त्यो उचाइबाट काममा लाग्न म कार्यकर्तालाई आग्रह गर्छु।'