शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री नभए पनि सरकार मैले नै चलाइरहेको छु : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अहिले प्रधानमन्त्री नभए पनि अहिलेको सरकारलाई आफैंले चलाइरहेको बताएका छन्। आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको उनले तर्क गरे।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अहिले प्रधानमन्त्री नभए पनि अहिलेको सरकारलाई आफैंले चलाइरहेको बताएका छन्। आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको उनले तर्क गरे।

प्रधानमन्त्री देउवासमेत रहेको मञ्चमा उनले आफूले चाहे सरकारलाई कठपुतली जस्तै नचाइरहने बताए। 

प्रधानमन्त्री देउवाले चाहेर पनि राम्रो काम गर्न नसक्ने ओलीले बताए। उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे। अध्यक्ष ओलीले माओवादीका पूर्वलडाकु अब आफ्नो पार्टीमा प्रवेश गर्ने दाबी गरे।


प्रकाशित: Nov 26, 2021| 15:49 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...