शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनमा सम्बोधन गर्दै ओलीले जपे गायत्री मन्त्र

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौं महाधिवेशन उद्घाटनका क्रममा गायत्री मन्त्र जपेका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

चितवन– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौं महाधिवेशन उद्घाटनका क्रममा गायत्री मन्त्र जपेका छन्।पूर्वप्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिह्न सूर्यको चर्चा गर्ने क्रमममा गायन्त्री मन्त्र जपेका हुन्। उनले गायत्री मन्त्रको अर्थ पनि लगाए। 


पार्टीको पहिचान थाहा पाउन सूर्य चिह्न पर्याप्त रहेको उनको भनाइ थियो। उनले भने, ‘एमाले चिन्न अप्ठेरो छैन। चिह्न पनि बोक्न अप्ठेरो छैन। सूर्य छुट्याउन कुनै समस्या हुन्न। ओम् भूर्भूस्वः‘ बिहानै उठेर जपिने गायत्री मन्त्र। हे सूर्य देवता! संसारलाई उज्यालो बनाएका छौ। तिमीले दुनियाँलाई मौसम ऋतु दिएका छौ। सृष्टि गर्छौ हे सूर्य! तिमीले हामीलाई अँध्यारोबाट उज्यालोतिर लैजाऊ।' 

उनले यस्तो सूर्य नै एमालेको चिह्न रहेको बताए। नेपालबाट गरिबी हटाउन एमालेले सूर्य चिह्न लिएको ओलीले बताए। उनले सूर्यलाई सम्बोधन गर्देै भने, ‘नेपालबाट गिरिबी हटाउन एमालेको झन्डा भएका छौ।’ 


प्रकाशित: Nov 26, 2021| 15:33 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...