शुक्रबार, भदौ ५, २०८३

एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी भएको बताएका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी भएको बताएका छन्। चितवनको नारायणी किनारमा भएको दसौँ महाधिवेशन उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

'नेकपा एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी हो, संघर्षका ७२ वर्ष पार गरेको पार्टी हो,' ओलीले थपे, 'यस पार्टीले सफलताका सिँढी थप्दै गएको छ।'

एमाले उग्रवामपन्थी नभएर वास्तविक क्रान्तिकारी परिवर्तन गर्ने पार्टी भएको ओलीको दाबी छ। 

उनले एमाले राणा शासनलाई भत्काउने, पञ्चायत र राजतन्त्र फाल्ने पार्टी मात्र नभएर 

इतिहासमा रगत बगाएर, बलिदान दिएर महान आन्दोलन हाँकेर देशलाई यहाँसम्म ल्याउने पार्टी भएको दाबी गरेका थिए। 

प्रकाशित: Nov 26, 2021| 15:14 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...