शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड आउन भ्याउनु भएन, पार्टीको प्रतिनिधित्व गर्दै म आएँ : लीलामणि पोखरेल

प्रचण्ड आउन भ्याउनु भएन, पार्टीको प्रतिनिधित्व गर्दै म आएँ : लीलामणि पोखरेल

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले आउन नभ्याएपछि पार्टीको प्रतिनिधित्व गर्दै आफू एमाले महाधिवेशनमा आएको बताएका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले आउन नभ्याएपछि पार्टीको प्रतिनिधित्व गर्दै आफू एमाले महाधिवेशनमा आएको बताएका छन्।  एमालेको १० औँ महाधिवेशनलाई नारायणी किनारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'कार्यव्यस्तताले हाम्रा अध्यक्ष प्रचण्ड यो कार्यक्रममा आउन भ्याउनु भएन। पार्टीको तर्फबाट म सहभागी भएको छु,' उनले भनेका थिए। 

नेपाली कम्युनिस्ट आन्दोलनमा विवाद र बहस भएपनि आफूहरू राष्ट्रियताका विषयमा एकजुट हुनुपर्ने धारणा उनले राखेका थिए। 

प्रकाशित: Nov 26, 2021| 14:49 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...