शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनमा देउवाले सम्झिए ओलीसँगै जेल बसेको प्रसंग

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जेल सबेको स्मरण गरेका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जेल सबेको स्मरण गरेका छन्। चितवनस्थित नारायणी किनारमा एमाले महाधिवेशन उद्धाटन कार्यक्रममा उनले यस्तो स्मरण गरेका हुन्। 

'एमाले अध्यक्ष ओलीलगायत थुप्रै कम्युनिस्ट नेताहरू हामी जेलमासँगै थियौँ। हिजोका दिनमा भोगेका दुःख ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीले पनि दुख भोग्नु नपरोस्,' देउवाले भने। 

सबैले संविधान ल्याउन योगदान गरेकाले यसको रक्षा पनि सबैले मिलेर नै गर्नुपर्ने उनले बताएका थिए। लोकतान्त्रिक व्यवस्थाबाट भएको महाधिवेशनका लागि ओलीलाई धन्यवाद दिएका देउवाले देश र जनतासँग जोडिएका मुद्दा समाधान गर्न सहकार्य आवश्यक भएको बताएका थिए। 

मुलुक कोभिडको महामारीले आक्रान्त भएका बेला खोप प्राथमिकता भएको र त्यसमा सरकार अघि बढिरहेको उनले उल्लेख गरे। देशमा सुशासन र समृद्धि कामय गर्न सरकार प्रतिबद्ध भएको बताएका उनले संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने दलसँग सहकार्य गरी अघि बढिने बताए। 

प्रकाशित: Nov 26, 2021| 14:42 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...