शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशन कम्युनिष्ट आन्दोलनको महाकुम्भ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा विदेशी चलखेल बढेको बताएका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा विदेशी चलखेल बढेको बताएका छन्। चितवनमा आज (शुक्रबार) सुरु भएको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन्।

एमाले महाधिवेशनलाई थापाले कम्युनिष्ट आन्दोलनको महाकुम्भको संज्ञा दिए। भने, ‘नेपाली कम्युष्टि आन्दोलनको महाकुम्भमा सहभागी हुन पाउँदा खुशी लागेको छ। नेकपा एमाले कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति हो।’ उनले सनातन धर्ममाथि आक्रमण भइरहेको जिकिर गरे। सनातन धार्मिक सांस्कृतिक पहिचानलाई समाप्त पार्न खोजिएको उनको गुनासो थियो।

देशलाई संकटबाट जोगाउन साहसिक निर्णय गर्नुपर्ने उनको भनाइ थियो। ‘बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रुपले बढेर गएको छ। यसलाई रोक्न एमाले महाधिवेशनले ऐतिहासिक निर्णय लिने आशा गरेको छु,’ उनले भने।


प्रकाशित: Nov 26, 2021| 14:05 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...