ओखलढुंगा- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ।
समावेशी कोटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए।
दुईमध्ये एक छान्न कतिले पुन: मतगणना गर्ने उपाय सुझाए। तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गोलाप्रथा गरेर निर्वाचित गराउने विधि बताए। गोलाप्रथा गर्दा लुइँटेलको भागमा निर्वाचितको चिठ्ठा पर्यो। र, उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्। उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन्।