चितवन- एमाले नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले देशी-विदेशीले तत्कालीन नेकपालाई तीन टुक्रा पारेको बताएका छन्।
नेकपालाई तीन टुक्रापारे पनि एमाले एकताबद्ध रहेको दाबा गरेका छन्। महाधिवेशनमा स्वागत मन्तव्य राख्दै उनले विधान महाधिवेशनले एमाले एकताबद्ध र ठूलो पार्टी भएको सन्देश दिएको दाबी गरेका छन्।
जनमतको सरकारलाई विस्थापन गरेर परमादेशको सरकार बनेको उनले बताए। उनले अहिले राष्ट्रियता र लोकतन्त्र जोखिममा परेको बताए।