काठमाडौं-प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन चितवनको नारायणी किनार पुगेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई महाधिवेशनको मञ्चमा स्वागत गरेका थिए।
प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चितवन पुगेका थिए। यस्तै महाधिवेशनमा सहभागी हुनका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पनि महाधिवेशन उद्घाटनस्थल पुगेका छन्।
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)लाई भने एमालेले दल नै नमानेका कारण निम्तो दिएको थिएन भने निम्तो पाएर पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने शुभकामना दिन चितवन पुगेनन्।