शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनमा छलफल गरेर न्यायालयको विवाद निकासको पहल गर्छु : प्रधानमन्त्री देउवा

गठबन्धनमा छलफल गरेर न्यायालयको विवाद निकासको पहल गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादको निकासका विषयमा पाँचदलीय गठबन्धनले चाडै निर्णय गर्ने बताएका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादको निकासका विषयमा पाँचदलीय गठबन्धनले चाडै निर्णय गर्ने बताएका छन्।

नेपाल बार एशोसिएसनका पदाधिकारीसँग बालुवाटारमा आज बिहान भएको भेटमा उनले सरकारले यस विषयमा चाडै निर्णय गर्ने बताएका हुन्। प्रधानमन्त्री देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच शुक्रबार बिहान बालुवाटारमा करिब आधा घण्टा छलफल भएको थियो।

बार अध्यक्ष चेण्डेश्वर श्रेष्ठले आफूहरूले प्रधानमन्त्रीलाई भेटेर न्यायालयमा चोलेन्द्र शमसेर जबराले गरेका कामकारबाही बारे जानकारी दिएको बताएका छन्। उनले प्रधानन्यायाधीशले गरेका भ्रष्टाचारका उदाहरणसमेत दिएको बताए। 

'हामी सबैका कुरा सुनेपछि प्रधानमन्त्रीज्युले न्यायालयमा अहिले भइरहेको अवस्थाबारे सबै जानकारी रहेको बताउनु भयो। उहाँले एकदुईदिनमै सत्तारूढ गठबन्धनको बैठक बोलाएर निर्णय गर्छौं भन्नुभएको छ,' उनले भने।

छलफलका क्रममा मङ्सिर ६ गते बारले सभामुख र राजनीतिक दलको संसदीय दलको कार्यालयमा बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पनि बुझाएको थियो । 

बारका पदाधिकारीसँगै पूर्व सभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्काहरूले पनि प्रधानमन्त्री समक्ष आफ्नो कुरा राखेका थिए।

प्रकाशित: Nov 26, 2021| 12:44 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...