शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशन : औपचारिक उद्घाटनअघि सांस्कृतिक प्रस्तुति

चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको दसौँ महाधिवेशन औपचारिक रूपमा उद्घाटन हुनुअघि नारायणी किनारमा जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति भइरहेको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

चितवन- चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको दसौँ महाधिवेशन औपचारिक रूपमा उद्घाटन हुनुअघि नारायणी किनारमा जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति भइरहेको छ। 

विभिन्न ठाउँबाट झाँकी र र्‍यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ। पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। 

उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन भएको एमालेले जानकारी दिएको छ। महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ। 

सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन्। चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका जनाइएको छ। 

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ। नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ।

प्रकाशित: Nov 26, 2021| 12:41 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...