काठमाडौं- भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका नेता द्वएले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।
शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबद्र्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन्। भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए।
भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन्।