शुक्रबार, भदौ ५, २०८३

महाधिवेशनलगत्तै एमाले चुनावमा जुटिहाल्छ : योगेश भट्टराई

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

चितवन– नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन्।

१०औँ महाधिवेशनको उद्घाटनअघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ। जसरी महाभारतमा अर्जुनले दृष्टि लगाए, त्यसरी एमालेको दृष्टि अब चुनावमा हुन्छ।’

महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउने र आगामी तीन तहकै चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी महाधिवेशनबाट संकल्प लिइने उनले बताए।  


प्रकाशित: Nov 26, 2021| 11:10 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...