काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन्।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन्।
एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन्।