शुक्रबार, भदौ ५, २०८३

कांग्रेस ललितपुर अधिवेशन आज, तीन प्यानल चुनावी मैदानमा

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

ललितपुर- नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।

उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ। उनले भने, 'आज उम्मेदवारी दर्तादेखि अन्तिम नामाोली प्रकाशनको कार्यक्रम हुन्छ। निर्वाचन भने भोली हुनेछ।'

रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दाबी छ।

प्रकाशित: Nov 26, 2021| 09:55 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...