शुक्रबार, भदौ ५, २०८३

पूर्वी नवलपरासीको कांग्रेस अधिवेशन नौ दिनका लागि सर्‍यो

कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन नौ दिनका लागि सरेको छ। शुक्रबार जिल्ला कार्य समिति चयनका लागि मनोनयन गर्ने र शनिबार मतदान गर्ने भनिएकोमा नौ दिनका लागि अधिवेशन सरेको हो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन नौ दिनका लागि सरेको छ। शुक्रबार जिल्ला कार्य समिति चयनका लागि मनोनयन गर्ने र शनिबार मतदान गर्ने भनिएकोमा नौ दिनका लागि अधिवेशन सरेको हो।

निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जिल्ला कार्यसमितिको आग्रह अनुसार निर्वाचन कार्यतालिका फेरिएको बताएका छन्। पूर्वी नवलपरासीमा नेताहरू दुई खेमामा विभाजित छन्। दुवै खेमाका नेताहरूले उम्मेदवार छनोट गर्न नसकेपछि निर्वाचन मिति नै सारिएको हो।

पूर्वी नवलपरासीमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको संयुक्त प्यानल रहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को खेमामा नेताहरू विभाजित छन्।

प्रकाशित: Nov 26, 2021| 09:30 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...