काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएकाल छन्। देउवाले बारका पदाधिकारीलाई छलफलका लागि आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाएका छन्।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ।
बारले प्रधानन्यायाधीश विरुद्ध घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम आज सकिँदैछ।