काठमाडौं– यूईएफए युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लेस्टर सिटी र वेस्ट हामले जित निकालेका छन्।
लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम लेगिया वारसलाई ३–१ गोलले हराएको हो। लेस्टरका लागि वाइल्फ्रिड एडिडी, जेम्स म्याडिसन र पट्सन दाकाले गोल गरे।
यो जितसँगै लेस्टर समूह सीको शीर्षस्थानमा छ। समूह सी कै अर्को खेलमा नापोलीले स्पार्टक मस्कोलाई बुधबार राति हराएको थियो।
समूह एच अन्तर्गतको एक खेलमा वेस्ट हामले र्यापिड वाइनलाई २–० गोलले हराएको छ। यो जितसँगै वेस्ट हाम पनि आफ्नो समूहको शीर्षस्थानमा छ।
लिगकै अर्को खेलमा लाजियोले लोकोमोटिभ मस्कोलाई ३–० गोलले हराएको छ। त्यस्तै १० खेलाडी समे टिएको मनोकोले पनि रियल सोडिडाडलाई हराएको छ।