आइतबार, असार २१, २०८३

युरोपा लिगमा लेस्टर, मोनाको र वेस्ट हामको जित

यूईएफए युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लेस्टर सिटी र वेस्ट हामले जित निकालेका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– यूईएफए युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लेस्टर सिटी र वेस्ट हामले जित निकालेका छन्।

 लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम लेगिया वारसलाई ३–१ गोलले हराएको हो। लेस्टरका लागि वाइल्फ्रिड एडिडी, जेम्स म्याडिसन र पट्सन दाकाले  गोल गरे।

यो जितसँगै लेस्टर समूह सीको शीर्षस्थानमा छ। समूह सी कै अर्को खेलमा नापोलीले स्पार्टक मस्कोलाई बुधबार राति हराएको थियो।

समूह एच अन्तर्गतको एक खेलमा वेस्ट हामले र्‍यापिड वाइनलाई २–० गोलले हराएको छ। यो जितसँगै वेस्ट हाम पनि आफ्नो समूहको शीर्षस्थानमा छ।

लिगकै अर्को खेलमा लाजियोले लोकोमोटिभ मस्कोलाई ३–० गोलले हराएको छ। त्यस्तै १० खेलाडी समे टिएको मनोकोले पनि रियल सोडिडाडलाई हराएको छ।

प्रकाशित: Nov 26, 2021| 08:30 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।