दार्चुला- नेपाली कांग्रेस दार्चुलाको माहाअधिवेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट भएको छ। मतगणनाका लागि आचारसहिता बनाइरहेको पार्टी कार्यालय बाहिर कार्यकर्ताहरूबीच बादविवाद हुँदा बिहीबार बेलुकी कुटाकुट भएको हो।
कुटाकुटमा दुई जाना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मनोहर भट्टले जानकारी दिए। घाइते हुनेमा राजेन्द्र बिष्ट र सुरेन्द्र बिष्ट रहेको प्रहरीले जनाएको छ।
बिहीबार बेलुकी नै स्थिती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। कुटाकुट भएपछि केहीबेर मतगणना परिसर तनाबग्रस्त भएको थियो।