बिहीबार, भदौ १२, २०८२

कैलाली कांग्रेस जिल्ला अधिवेशन महाधिवेशनपछि हुने

नेपाली कांग्रेस कैलालीको अधिवेशन महाधिवेशनपछि हुने भएको छ। आज हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।
 |  शुक्रबार, मंसिर १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

vianetvianet

धनगढी- नेपाली कांग्रेस कैलालीको अधिवेशन महाधिवेशनपछि हुने भएको छ। आज हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।

Kumaribank

उनले यस विषयमा निर्णय हुन भने बाँकी रहेको बताएका छन्। 'यस विषयमा आधिकारिक निर्णय गर्न बाँकी छ। हामी आज केही बेरमा नै यस विषयमा निर्णय गर्ने छौ,' उनले भने।

कैलाली जिल्ला समितिलाई प्रदेश समितिको अधिवेशन गर्ने जिम्मेवारी दिएकाले अधिवेशन सार्नु परेको उनले बताए। उनले १६ गते प्रदेश अधिवेशन भएकाले आज जिल्ला अधिवेशन गरेर १६ गते प्रदेश अधिवेशन गर्न सम्भव नभएकाले जिल्ला अधिवेशन सारिएको बताएका छन्।

'१५ गते प्रदेश अधिवेशनका लागि मनोनयन दर्ता गर्ने भनिएको छ। हामीले आज जिल्ला अधिवेशनको प्रक्रियामा गयौं भने १४ गतेसम्म जिल्ला अधिवेशनमै हुन्छौं। प्रदेश अधिवेशनको तयारी गर्न सक्दैनौं। त्यसैले अधिवेशन सारिएको हो। अब हामी केन्द्रीय महाधिवेशनपछि मात्रै कैलाली जिल्ला अधिवेशन गर्ने छौं,' उनले भने।

उनले कैलालीको जस्तै समस्या मकवानपुरलगायत जिल्लामा पनि रहेको बताए। अन्य केही जिल्लामा पनि महाधिवेशन पछि अधिवेशन हुने हुने बताएका छन्।

Metro Mart

प्रकाशित: Nov 26, 2021| 06:55 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।