शनिबार, माघ ३, २०८२

मुवाथाई च्याम्पियनसिपमा आर्मी च्याम्पियन

तेस्रो संस्करणको नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- तेस्रो  संस्करणको नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ।

National life

गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्योरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङलाई पराजित गरेका हुन्।

६५ केजीमा आर्मीका भूपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराएका छन्। ७० केजीमा रेज क्लबका आशुतोष मुल्मीले सुकेधाराका दोर्ची शेर्पालाई पाखा लगाए। पुरुष ७० केजीकै अर्को फाइटमा आर्मीका प्रकाश बरुवालले केन्द्रीय क्लबका राजेश कुवरलाई निराश पारे।

गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित सेमिप्रोफेसनल फाइटतर्फ पुरुष ५६ केजीमा बक्स्मान्डुका अनुज कार्कीले गोकर्णेश्वरका प्रवीण राईलाई, ५४ केजीमा गोकर्णेश्वर क्लबका कृतिम श्रेष्ठले सुकेधारा क्लबका यमन मोक्तान, ६५ केजीमा सातदोबाटोका विक्रम मोक्तानले सुकेधाराका नारायण श्रेष्ठ र ६५ केजीकै अर्को भिडन्तमा आर्मीका नारायण थापाले केन्द्रीय क्लबका मुकेश लुइँटेललाई पाखा लगाएका छन्।

प्रोफेसनल बेल्ट फाइटतर्फ महिला ५१ केजीमा रेज क्लबकी तेजीमाया गुरुङ्गले केन्द्रीय क्लबकी डेनिका राइलाई पराजित गर्दै बेल्ट जितिन् भने पुरुष प्रोफेसनल फाइटको ५० केजीमा पोखराका ज्ञानेन्द्र सिंहले सुकेधाराका तेजन मगरलाई पाखा लगाउँदै जित हासिल गरे।

Laxmi sunrise bank
kumari

पुरुष ६० केजीमा फ्रेन्डसिप मुवाथाई क्लबका विवेक गदालले सुकेधारा क्लबका प्रवेग घिसिङलाई पराजित गर्दै बेल्ट हात पारे। पुरुष ५४ केजीमा गोकर्णेश्वर क्लबका लाक्पा तामाङले सुकेधाराका आनन्द राईलाई, ५६ केजीमा केन्द्रीय क्लबका सन्दीप तामाङले गोकर्णेश्वर क्लबका दावा फुन्जो शेर्पालाई, तथा ७० केजीमा आर्मी क्लबका होमबहादुरले गोकर्णेश्वर क्लबका नवराज पराजुलीलाई पराजित गर्दै बेल्ट हात जिते।

प्रतियोगितामा ९ क्लब सहभागी भएका थिए।

प्रकाशित: Nov 25, 2021| 21:29 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।