शनिबार, माघ ३, २०८२

यू–१९ टेनिसको स्वर्णमा नेपालको ‘क्लिन स्विप’

एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को चारै स्पर्धामा नेपालले स्वर्ण जितेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को चारै स्पर्धामा नेपालले स्वर्ण जितेको छ। आयोजित सबै विधामा नेपालले स्वर्ण जित्दै ‘क्लिन स्विप’ गरेको हो।

National life

बिहीबार सिंगल्स फाइनलको ब्वाइज र गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पारे। बुधबार ब्वाइज र गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमा कब्जा जमाएका थिए।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे। पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा  भएको गर्ल्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४ र ७–६ (३) को सेटमा हराइन्। नेपालकी आद्या पौडेल र अमेरिकाकी नाला जोस्फिन मास्केले तेश्रो स्थानमा चित्त बुझाए। अघिल्लो साता सम्पन्न सर्किट– १ को सिंगल्समा पनि सक्षम र सुनिरा नै च्याम्पियन बनेका थिए। त्यस सर्किटको डबल्समा पनि दुवैले स्वर्ण जितेका थिए।

यसअघि डबल्सको ब्वाइजमा सक्षम र दर्शिल तथा गल्र्समा सुनिरा र प्रशंसाको जोडीले बाजी मारेका थिए। पाँच दिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 25, 2021| 15:49 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।