धनगढी- ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की चौराहामा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएपछि तनाव भएको हो।
स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्याँस प्रहार गरेको छ। तर, प्रदर्शनकारीले भने ट्रकमा आगो लगाइदिएका छन्।
अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ।