आइतबार, असार २१, २०८३

नेपालले चौथो ओभरमै पूरा गर्‍यो कुवेतले दिएको सामान्य लक्ष्य

आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेलिरहेको नेपाली महिला टिमले बिहीबार कुवेतसँगको खेलमा ९ विकेटको जित निकालेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेलिरहेको नेपाली महिला टिमले बिहीबार कुवेतसँगको खेलमा ९ विकेटको जित निकालेको छ।

टस हारेर फिल्डिङको अवसर पाएको नेपालले २८ रनको लक्ष्य पाएको थियो। कुवेत १५ ओभर चार बल मैदानमा टिकेर २७ रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले तीन ओभर तीन बल खेल्दै एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

नेपालकी रुविना क्षेत्रीले १२ रन बनाइन भने इन्दू वर्माले १३ रन जोडिन्। ओपनर सिता राना मगर भने शून्य रनमै आउट भइन्।

कुवेतकी मरिया जास्वीले एक विकेट लिइन्। त्यसअघि कुवेनका परियादा मुरलीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। कुवेतका छ खेलाडी शून्य रनमै आउट भए।

खेलमा संगीता राईले तीन विकेट लिइन्। नेपालका करुणा भण्डारी र रुविना क्षेत्रीले समान दुई/दुई विकेट लिए भने सरस्वती कुँवरले एक विकेट लिइन।

प्रकाशित: Nov 25, 2021| 13:04 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।