शनिबार, जेठ ५, २०८१

ओलीका विश्वासपात्र महासेठ र प्रभु साह एकै पदमा लड्दै

महाधिवेशन सुरु हुनु एक दिन अघिसम्म पनि केहीबाहेक खुलेर केन्द्रीय महाधिवेशनमा आफ्नो आकांक्षाबारे खुलेका छैनन्। धेरैजसो महाधिवेशनकै दिन खुल्ने रणनीतिमा छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, मंसिर ९, २०७८

जनकपुरधाम– नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबारदेखि सुरु हुँदैछ। महाधिवेशनबाट एमालेले आफ्नो नेतृत्व चयन गर्नेछ। मधेश र त्यसमा पनि प्रदेश २ मधेश एमाले गम्भिर नरहेको पटक–पटक आरोप लागिरहेको समयमा यो महाधिवेशनलाई चासोका साथ हेरिएको छ।

triton college

प्रदेश २ मा अधिकांश वडा र पालिकामा सर्वसम्मत रुपमा अधिवेशन गराउन एमाले सफल भएको थियो। वडा र पालिका अधिवेशन सकिएर एमाले कार्यकर्ताहरु महाधिवेशनमा सहभागी हुनका लागि चितवनतर्फ लाग्ने तयारीमा छन्। महाधिवेशन सुरु हुनु एक दिन अघिसम्म पनि केहीबाहेक खुलेर केन्द्रीय महाधिवेशनमा आफ्नो आकांक्षाबारे खुलेका छैनन्। धेरैजसो महाधिवेशनकै दिन खुल्ने रणनीतिमा छन्। यस पटकको महाधिवेशनमा एमालेभित्र गुट भने देखिएको छैन।

माधव नेपाल समूह एमालेबाट अलग्गिएछि एमाले गुटविहीन जस्तो बनेको हो। माओवादी पृष्ठभूमिबाट रहेका एमाले नेताहरुसमेत ओली नजिकको पात्र बनिसकेका छन्। यस्तो परिस्थितिमा एमालेभित्र रहेर राजनीति गर्ने मधेशी नेताहरुले अवसर पाउने हुन वा होइनन्, यसका लागि दुई–तीन दिन प्रतीक्षा नै गर्नुपर्ने देखिएको छ। तेस्रो मधेश आन्दोलनको समयमा एमालेका नेताहरुलाई मधेश प्रवेशमा बन्देज नै गरिएको थियो। तर अहिले परस्थिति बदलिएको छ। यस पटकको महाधिवेशनबाट एमालेले मधेश विरोधी ट्याग हटाउने प्रयास समेत हुने राजनीतिक जानकारहरु बताउँछन्।

ओली नजिकका रघुवीर र प्रभु साह एकै पदमा भिड्ने

एमालेको केन्द्रीय महाधिवेशनमा प्रदेश २ बाट दुई दर्जनभन्दा बढी आकांक्षी नेताहरुको नाम  चर्चामा छ। सबैभन्दा बढी चर्चा भने रघुवीर महासेठ र प्रभु साहको छ। यी दुई नेता सचिवमा भिड्ने योजनामा छन्। दुवै अध्यक्ष केपी ओली नजिकका नेता मानिन्छन्। महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन् भने प्रभु साह रौतहटबाट। प्रदेश २ बाट महासेठलाई  प्रभु साहले चुनौती दिने देखिएपछि ओलीलाई दुईमध्ये एकलाई रोज्न समस्या हुने देखिएको छ।

corrent noodles
Metro Mart

पछिल्लो एक दशकमा सांसद हुँदै उपप्रधानमन्त्रीसम्मको यात्रा गरेपछि एमालेभित्र महासेठको कद बढ्दै गइरहेको छ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरु गरेका महासेठको केन्द्रीय राजनीतिमा भने खासै सक्रियता थिएन। बीआईटी कलेजबाट इन्जिनियरिङ गरेर महासेठ जागिरका लागि इलाम पुगेका थिए। त्यहाँ उनले एमालेमा थोरबहुत राजनीति गरे। इलाम एमालेको जिल्ला सचिव भएर समेत उनले काम गरेका थिए। इलाम गृहजिल्ला भएका एमाले नेता झलनाथ खनालसँग उनको घनिष्टता बढ्दै गयो। सँगै माधव नेपालसँग पनि निकटता बढाए।

राजनीतिमा सक्रियता बढ्दै जान थालेपछि महासेठको जागिर नै धरापमा पर्ने सम्भावना बढ््दै गयो। पछि माधव नेपालको पहलमा उनलाई उदयपुर सिमेन्टको महाप्रबन्धक बनाइयो। उदयपुर सिमेन्टको जीएम बनेपछि महासेठको बिहे धनाढ्य व्यापारी उपेन्द्र महतोकी बहिनी जुलीकुमारी महतोसँग भयो। महासेठ महाप्रबन्धक छोडेर राजनीतिमा बढी सक्रिय हुन थाले। सँगै पार्टीभित्र कित्ता परिवर्तन गरे र माधव नेपाललाई छाडेर वामदेव गौतमको विश्वास पात्र बने। 

२०५४ सालमा वामदेवले एमाले विभाजन गर्दा महासेठ मालेको केन्द्रीय सदस्य समेत बनेका थिए। पछि उनी एमालेमै फर्के र २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने। आठौं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। महासेठ २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनमा सचिव पदका उम्मेदवार बनेका थिए तर पराजित भए। 

प्रभु साह पनि मधेशको राजनीतिमा ठूलै नाम हुन्। उनी माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा सक्रिय रहे। माओवादी आन्दोलनलाई मधेशमा सक्रिय राख्न प्रभु साहको ठूलो भूमिका रहेको जानकारहरु बताउँछन्। माओवादी संसदीय राजनीतिमा आएपछि पार्टीभित्र उनको प्रभाव बढ्दै गयो। संविधानसभाका लागि २०६४ र २०७० सालमा भएको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले प्रभु साहलाई रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने अवसर दियो। उनले जित पनि निकाले।

अहिले पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य छन्। तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा प्रभु साह पार्टीको केन्द्रीय सदस्य थिए भने उनलाई प्रदेश २ अध्यक्षको जिम्मेवारी समेत दिइएको थियो। सर्वोच्च अदालतले यी दुई दललाई ब्युँताइदिएपछि प्रभु साहले एमाले रोजे। अहिले उनी केपी ओेलीका विश्वास पात्रका रुपमा चिनिन्छन्।

एमाले केन्द्रीय सदस्यका लागि भने प्रदेश २ बाट एक दर्जनभन्दा बढी आकांक्षी छन्। महासेठ पत्नी जुली महतो, सुमन प्याकुरेल, हरिनारायण महतो, उत्तम गौतम, टेकबहादुर बलमपाकी, सुवोध यादव, रामदयाल मण्डल, लिलानाथ श्रेष्ठ, राजनारायण साह, बलवीर चौधरी, प्रभु हजरा, रामचन्द्र मण्डल, बसरुद्दिन अन्सारीलगायत नेताहरु केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने बताइएको छ।

एमालेको दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २३२ जना प्रतिनिधि छानिएको एमाले प्रदेश २ का सचिव मनोज खड्काले जानकारी दिए। यसमा अझै केही थप हुन सक्ने सम्भावना रहेको उनले बताए। धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ।

प्रदेश कमिटीबाट ५ जना मनोनित गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ। केन्द्रले पनि आजै प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने बताइएको छ।

प्रकाशित: Nov 25, 2021| 13:00 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।