बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राकृतिक प्रकोपको जोखिममा रहेका नागरिकको उचित वासस्थापन हुन्छ : मन्त्री झाँक्री

प्राकृतिक प्रकोपको जोखिममा रहेका नागरिकको उचित वासस्थापन हुन्छ : मन्त्री झाँक्री

उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताएकि छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकि छन्। बिहीबारबाट ललितपुरमा सुरु भएको आवास ताथा बस्तीसम्बन्धि  गोष्ठीको उद्घाटन गर्दै झाक्रिले सो कुरा बताएकी हुन्। 

उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताएकी छन्। 

राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनामा नेपालको दिगो विकासको लक्ष्यहरू र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिवद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ सहरको निर्माण गर्ने योजना सरकारको रहेको बताएकि छन्। चालु आर्थिक वर्षका कार्यक्रमहरुमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको बताईन्।

मन्त्री झाँक्रीले भनिन्, ‘योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडि सारिएको छ,’ उनले भनिन्,

‘राष्ट्रिय योजना आयोगबाट तयार भएको १५औँ योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरुका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन्।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले मानव बस्तीहरू जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताएका छन्। 

भूकम्प पछिको पुनःनिर्माणमा निजी घरहरुको पुनःनिर्माण लगभग सकिएको बताए। पुनःनिर्माण पछि जनताको आवास सुरक्षित र व्यवस्थित बनेको पनि बताए। भूकम्प पछिको पुनःनिर्माणमा नेपालले गरेको काम र अनुभव विश्वलाई महत्वपूर्ण सिकाई हुने कार्यकारी अधिकृत ज्ञवालीले बताएका छन्।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘१८ हजार परिवारहरुको घर बनाउनु पर्नेमा १४ हजार परिवारहरुको घर निर्माण पूर्णरुपमा सम्पन्न भएको छ, उनीहरूले थर्ड ट्रान्जेक्शन पनि लिइसकेका छन्, नेपालमा अब प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले कुनै पनि बस्ती समस्यामा छैन। १२ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अब आउँदो दिनमा चाँडै नै बाँकी रहेका घर निर्माणको कामलाई सकेर विकासको निम्ति हामी अघि बढ्नेछौँ।’

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा छलफल हुनेछ। सम्मेलनले दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिनेछ। सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ। 

प्रकाशित: Nov 25, 2021| 12:53 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।