काठमाडौं– सुदूरपश्चिम प्रदेशबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन साउदले शतक प्रहार गरेका छन्। उनले प्रदेश २ विरुद्ध ७६ बलमा शतक बनाएका हुन्।
आफ्नो टिमका लागि विस्फोटक ब्याटिङ गरेका अर्जुनले चार छक्का र १२ चौका हान्दै शतक पुरा गरेका हुन्। उनले पुरा पारीमा ८४ बलमा ११६ रन बनाएर आउट भएका छन्।
अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश २ भिडिरहेका छन्। यू १९ पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत सुदूरपश्चिमले पहिलो खेल खेलिरहेको छ।
प्रदेश दुईले पनि आफ आफ्नो पहिलो खेले खेलेको हो। खेलमा लोकेस बमले पनि अर्धशतकीय पारी खेलेका छन्।
उनले ७३ बलमा एक छक्का र १३ चौकाको सहयोगमा ८१ रन बनाएका छन्।
सुदुरपश्चिमका कप्तान गजेन्द्र बोहराले १६ रन बनाए भने नरेश भट्टले पनि ३० रन बनाएका छन्। सुदूरपश्चिमले ३८ ओभर सकिँदा ६ विकेट गुमाएर २७३ रन बनाएको छ।