आइतबार, असार २१, २०८३

अर्जुनले प्रहार गरे यू १९ क्रिकेटमा सानदार शतक

सुदूरपश्चिम प्रदेशबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन साउदले शतक प्रहार गरेका छन्। उनले प्रदेश २ विरुद्ध ७६ बलमा शतक बनाएका हुन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– सुदूरपश्चिम प्रदेशबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका  अर्जुन साउदले शतक प्रहार गरेका छन्।  उनले प्रदेश २ विरुद्ध ७६ बलमा शतक बनाएका हुन्।

आफ्नो टिमका लागि विस्फोटक ब्याटिङ गरेका अर्जुनले चार छक्का र १२ चौका हान्दै शतक पुरा गरेका हुन्। उनले पुरा पारीमा ८४ बलमा ११६ रन बनाएर आउट भएका छन्।

अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश २ भिडिरहेका छन्। यू १९ पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत सुदूरपश्चिमले पहिलो खेल खेलिरहेको छ।

प्रदेश दुईले पनि आफ आफ्नो पहिलो खेले खेलेको हो। खेलमा लोकेस बमले पनि अर्धशतकीय पारी खेलेका छन्।

उनले ७३ बलमा एक छक्का र १३ चौकाको सहयोगमा ८१ रन बनाएका छन्।

सुदुरपश्चिमका कप्तान गजेन्द्र बोहराले १६ रन बनाए भने नरेश भट्टले पनि ३० रन बनाएका छन्। सुदूरपश्चिमले ३८ ओभर सकिँदा ६ विकेट गुमाएर २७३ रन बनाएको छ।

प्रकाशित: Nov 25, 2021| 11:52 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।