आइतबार, असार २१, २०८३

च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित

इंग्लिस क्लब लिभरपुलले यो सिजनको च्याम्पियन्स लिगका सुरुआति पाँच खेलमध्ये सबैमा जित निकालेको छ। बुधबार राति एनफिल्डमा भएको खेलमा जित निकाल्दै लिभरपुलले जितको यात्रा कायमा राखेको हो।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– इंग्लिस क्लब लिभरपुलले यो सिजनको च्याम्पियन्स लिगका सुरुआति पाँच खेलमध्ये सबैमा जित निकालेको छ। बुधबार राति एनफिल्डमा भएको खेलमा जित निकाल्दै लिभरपुलले जितको यात्रा कायमा राखेको हो।

प्रशिक्षक योर्गेन क्लोपको टिम लगातार चार खेल जित्दै दुई खेलअघि नै अर्को चरणमा स्थान बनाइसकेको छ। समूह बिमा रहेको लिभरपुलले पोर्चुगिज क्लब पोर्टोविरुद्ध बुधबार २–० गोलको जित निकालेको हो।

लिभरपुललाई जित दिलाउन थियागो अल्कान्तरा र मोहम्मद सलाहले गोल गरे। स्पेनिस मिडफिल्डरले लामो दूरीबाट प्रहार गरेको बलले गोलपोस्टको यात्रा पुरा गरेको थियो। त्यस्तै, ७०औं मिनेटमा सलाहले गोल गरे।

पहिलो हाफमा उत्कृष्ट नदेखिएको लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो।  समूह बी कै अर्को खेलमा एसी मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि १–० गोलको जित निकालेको छ। मिलानको जितका लागि निर्धारित समयको तीन मिनेट बाँकी रहँदा जुनियर मेस्सियसले गोल गरेका थिए।

समूह बिमा १५ अंक बनाएको लिभरपुल शीर्षस्थानमा छ भने समान ४–४ अंक भएका मिलान र एट्लेटिको तेस्रो र चौथो स्थानमा छन्। दोस्रो स्थानको पोर्टोको ५ अंक छ।

प्रकाशित: Nov 25, 2021| 08:02 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।