आइतबार, असार २१, २०८३

पीएसजीलाई हराएर समूह विजेता बन्दै सिटी पुग्यो नकआउट चरणमा

केलियन एम्बाप्पेले बनाएको एक गोलको अग्रतालाई जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन पीएसजीले प्रिमियर क्लब म्यान्चेस्टरसिटीसँग २–१ गोलको हार बेहोरेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– केलियन एम्बाप्पेले बनाएको एक गोलको अग्रतालाई जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन पीएसजीले प्रिमियर क्लब म्यान्चेस्टरसिटीसँग २–१ गोलको हार बेहोरेको छ।

इतिहाद रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा तिनै गोल भएका थिए।

५०औं मिनेटमा एम्बाप्पेले गोल गरे भने ६३औं मिनेटमा ग्याब्रियल जिससको पासलाई रहिम स्टार्लिङले गोलमा परिवर्तन गरेका थिए। त्यस्तै, ७६औं मिनेटमा जिससले नै गोल गर्दै सिटीलाई जित दिलाए।

जिससका लागि बर्नान्डो सिल्वाले पास उपलब्ध गराएका थिए। २–१ गोलको जित निकालेसँगै समूह विजेता बनेर सिटी नकआउट चरणमा पुगेको छ। पीएसजीको अग्रपंतिमा लियोनेल मेस्सी, नेयमार र एम्बाप्पे रहे पनि त्यसलाई पछि पार्दै सिटीले जित निकालेको हो।

पछिल्लो सिजनको लिगमा पनि यी दुई टिम भेट भएका थिए। त्यो सिजनमा पीएसजीलाई सिटीले नै घर पठाएको थियो। यो वर्ष भने पीएसजी समूहको उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।

तर बुधबार राति पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई भने निकै दबाबपूर्ण बन्यो। च्याम्पियन्स लिग जिताउने प्रशिक्षकका रूपमा पीएसजीले पोचेतिनालाई अनुबन्ध गरेको थियो।

तर अहिले उनी म्यानचेस्टर युनाइटेड जाने हल्ला चलिरहेको छ। यद्यपि उनले युनाइटेडको अफर अस्वीकृत गरेका छन्। तर उनले पीएसजीलाई च्याम्पियन्स लिग दिलाउन नसक्ने हो भने उनको पेरिस बसाई लामो हुनेछैन।

प्रकाशित: Nov 25, 2021| 07:55 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।