बुधबार, भदौ १७, २०८३

रियल मड्रिड र मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा

सेरिफ टिरास्पोललाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड लगातार २५ पटक युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

माठमाडौं– सेरिफ टिरास्पोललाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड लगातार २५ पटक युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह चरणको पाँचौं खेलमा रियलले सेरिफलाई ३–० गोलले हराउँदै रियलले नकआउट चरणको यात्रा तय गरेको हो।

बुधबार राति माल्डोभामा रियललाई जित दिलाउन डेविड अल्वा, टोनी क्रुस र करिम बेञ्जिमाले गोल गरे। ३० औं मिनेटमा फ्री किकको सहयोगमा अल्वाले खेलमा अग्रता बनाएका थिए।

हाफ टाइमअघि नै क्रुसले रियलका लागि गोल थपे। उनले क्रसबार नजिकैबाट गोल छिराएका थिए। पछि बेञ्जिमाले पनि गोल गरेर रियललाई तीन गोलको अग्रतामा पुर्‍याए।

गएरातिकै खेलमा इन्टर मिलानले पनि शख्तर डोनेटेस्कलाई हराएको छ। इन्टरले २–० गोलको जित निकालेको हो। इन्टरका लागि पहिलो हाफअघि नै एडिन जोकोले दुई गोल गरेका थिए।

यससँगै १० अंक बनाएको इन्टर दोस्रो स्थानमा छ भने १२ अंकसहित रियल शीर्षस्थानमा छ। अहिले इन्टर र रियलले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्। तर कुन टिम समूह विजेताका रूपमा अन्तिम १६ मा जाने हो त्यो भने अन्तिम खेलपछि मात्र पक्का हुनेछ।

प्रकाशित: Nov 25, 2021| 07:25 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।