बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि सम्बन्धी समस्याको दिगो समाधान गर्न कार्ययोजाना बनाउन सुरु गरेका छौं : मन्त्री श्रेष्ठ

भूमि सम्बन्धी समस्याको दिगो समाधान गर्न कार्ययोजाना बनाउन सुरु गरेका छौं : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधान गर्न संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधान गर्न संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन्।

रामेछापको सुनापति गाउँपालिका-४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा सहिद बाबुराम तामाङको सालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अबको केही समयभित्रै भूउपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन्।

उनले अबका दिनमा सहकारीको माध्यमबाट युवास्वरोजगार बढाउन मन्त्रालयले पहल सुरु गरिसकेको बताइन्। 'भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिबाट भएका कामलाई ग्रहण गरेर सबैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामलाई  छिटो पूर्णता दिने गरी आफूले कामको थालनी गरिसकेको र त्यसपछि बाँकी काम गर्दै जाने छौं,' भनिन्।

मन्त्री श्रेष्ठले हलिया कमैया, कमली,तथा हरुवा चरुवाको समस्या समाधान पीडितसँग आफूले छलफल सुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम सुरु गर्ने पनि जानकारी दिइन्।

उनले रामेछाप जिल्ला कृषि तथा फलफूलका लागि महत्त्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यावसायिक र उत्पादनमुलक बनाउँदै अगाडी बढ्नु पर्नेमा जोडसमेत दिइन्।

प्रकाशित: Nov 25, 2021| 07:35 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।