बुधबार, भदौ १७, २०८३

विश्वकप छनोट : नेपालले आज कुवेतको सामना गर्दै

दिउँसो सवा ११ बजेबाट दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- आईसीसी विश्वकप २०२३ को एसियाली छनोटअन्तर्गत बिहीबार नेपाली महिला क्रिकेट टिमले कुवेतको सामना गर्नेछ।

दिउँसो सवा ११ बजेबाट दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो। 

नेपालले यसअघि दुई खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ।

नेपालले पहिलो खेलमा हङकङको सामना गरेको थियो। त्यो खेलमा नेपालले हार बेहोरे पनि भुटानविरुद्ध सानदार जित निकालेको थियो। अहिले तेस्रो खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।

विश्वकप एसियाली छनोटमा नेपालसहित भुटान, हङकङ, यूएई, कुवेत, र मलेसिया खेल्दै छन्। छनोटमा दुई खेलमा जित निकालेको यूएई चार अंकका साथ शीर्षस्थानमा छ भने नेपाल, मलेसिया, हङकङ र भुटानको समान २-२ अंक छ। अंक विहीन कुवेत तालिकाको अन्तिममा छ। यो छनोटको शीर्षस्थानमा रहने टिमले ग्लोबल छनोट खेल्न पाउनेछ।

प्रकाशित: Nov 25, 2021| 07:05 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।