बुधबार, चैत ८, २०७९

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ। गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो।

National life insurance

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो। त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार सञ्चालक समितिले टेलिकमले स्वीकृतबिना नम्बर वितरण गरेकाले एक पटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुनेछ।

यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो।

नम्बर प्रयोगकर्तालाई वितरण भएपश्चात् उक्त नम्बर दीर्घकालीनरूपमा प्रयोग हुने भएकाले अस्थायीरूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायीरूपमा प्रदान हुनेछ। सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ। नेपामा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन्।

worldlink

फाइभजी परीक्षणको जिम्मा

प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ। कात्तिक २९ गते बसेको प्राधिकरण बोर्डले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम हुनेगरी टेलिकमलाई फाइभजीको ट्रायलका लागि स्वीकृति दिने निर्णय गरेको हो।

परीक्षणका लागि आवश्यक पर्ने उपकरण जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई जानकारी गराउने शर्तमा थप फ्रिक्वेन्सी व्याण्डविथ आवश्यक भएमा पछि उपलब्ध गराइने गरी हाललाई २६०० मेगाहर्ज ब्याण्डमा २५००–२५६० मेगाहर्ज फ्रिक्वेन्सी व्याण्डविथ एक वर्षका लागि निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो।

प्रकाशित: Nov 24, 2021| 08:21. 00 बुधबार, मंसिर ८, २०७८

थप समाचार

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको...

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।