बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा गरिबीको समीक्षा गर्न राष्ट्रसंघीय टोली आउँदै

नेपालमा गरिबीको समीक्षा गर्न राष्ट्रसंघीय टोली आउँदै

कोभिड–१९ को महामारीसँगै बाढीपहिरोबाट प्रभावित नेपाल क्रमशः पुरानै अवस्थामा फर्कने लाग्दा सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको संरक्षणका लागि संवैधानिक प्रावधानहरूको कार्यान्वयनतर्फ अग्रसरता बढाउन अभिप्रेरित गर्ने तथा सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताको समीक्षा उहाँले गर्ने राष्ट्रसंघीय मानवअधिकार परिषद्ले जनाएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसंघीय विशेष प्रतिवेदक ओलिभिए डे स्वतरले गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको समीक्षा गर्न आगामी सोमबारदेखि नेपालको ११ दिने भ्रमण गर्ने भएको छ।

'बहुआयामिक गरिबी घटाउन नेपालले उल्लेखनीय कदमहरू चालेको छ, त्यसलाई सन् २०२४ सम्ममा थप पचास प्रतिशतले घटाउने सरकारको प्रतिबद्धताको सराहना गर्दछु,' गरिबी तथा मानवअधिकारको अनुगमन, प्रतिवेदन प्रस्तुत र परामर्श दिन मानवअधिकार परिषद्द्वारा नियुक्त स्वतन्त्र विज्ञ डे स्वतरले आज जेनेभामा भ्रमणको घोषणा गर्दै भनेको छ।

कोभिड–१९ को महामारीसँगै बाढीपहिरोबाट प्रभावित नेपाल क्रमशः पुरानै अवस्थामा फर्कने लाग्दा सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको संरक्षणका लागि संवैधानिक प्रावधानहरूको कार्यान्वयनतर्फ अग्रसरता बढाउन अभिप्रेरित गर्ने तथा सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताको समीक्षा उहाँले गर्ने राष्ट्रसंघीय मानवअधिकार परिषद्ले जनाएको छ। 

प्रतिवेदक डे स्वतर काठमाडौं, कर्णाली तथा लुम्बिनी प्रदेशका साथै प्रदेश २ मा आयोजना हुने नीतिगत गोलमेच छलफल तथा बैठकहरूमा सहभागी हुनेछन्। उनले केन्द्रीय तथा स्थानीय सरकारी पदाधिकारी, गरिबीबाट प्रभावित व्यक्ति र समुदायका साथै अन्तर्राष्ट्रिय र नागरिक समाजका संस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

परिषद्ले दुईवर्षअघि उनलाई चरम गरिबी र मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय विशेष प्रतिवेदक नियुक्त गरेको हो। विशेष प्रतिवेदक स्वतरले आगामी जेठमा आफ्नो पूर्ण प्रतिवेदन परिषद्मा प्रस्तुत गर्नुहुनेछ। विशेष प्रतिवेदकहरू मानवअधिकार परिषद्को विशेष कार्यविधिहरूअन्तर्गत नियुक्त अवैतनिक स्वतन्त्र विज्ञ हुन्।

प्रकाशित: Nov 24, 2021| 21:40 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।