आइतबार, असार २१, २०८३

सम्झना कप टेबल टेनिसमा ७ देशका हजार खेलाडी सहभागी हुने

‘ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा स्पिन इभेन्ट्सको व्यवस्थापनमा माघको तेस्रो साता चौथो सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिता हुने भएको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- माघ १२ गतेदेखि सुरु हुन लागेको चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगीतामा ७ देशका खेलाडी सहभागी हुने भएका छन्। आयोजक ललितपुर टेबल टेनिस संघले बुधबार प्रतियोगिताबारे जानकारी दिएको हो।

‘ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा स्पिन इभेन्ट्सको व्यवस्थापनमा माघको तेस्रो साता चौथो सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिता हुने भएको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

मुख्य प्रायोजकका लागि संघले सम्झना ल्याबोरेटरीसँग सम्झौता गर्ने तयारी अघि बढाएको समेत जानकारी दिएको छ। प्रतियोगिताका लागि सम्झना ल्याबोरटरीले आधा लागत १० लाख ७५ हजार दिने भएको छ। बाँकी प्रायोजक भने आयोजकले खोज्ने आयोजक संघका अध्यक्ष उर्दीप जाशीले भने।

प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो। प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ सम्म हुनेछ। प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुने आयोजकले बताएको छ। 

‘लामो समयदेखि कोभिड–१९ महामारीले खेलकुद गतिविधि सुस्त रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुन लागेको हो,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगितामा देशभरका खेलाडीहरु मात्र नभई मित्र राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, यूएई, कोरिया तथा अन्य विभिन्न राष्ट्रहरुबाट गरी कम्तीमा एक हजार खेलाडीहरु सहभागी हुने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ। 

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, ४० वर्षमाथिका (भेट्रान्स) पुरुषको एकल, ४० वर्षमाथिका (भेट्रान्स) महिलाको एकल र ५५ वर्षमाथिका (भेट्रान्स) एकल पुरुष गरी ७ विधामा स्पर्धा हुनेछन्।

नेपाली टेबल टेनिस खेलको इतिहासमा अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार भएको प्रतियोगिताको भएको आयोजकले दाबी गरेको छ। प्रतियोगिताका लागि अनुमानित बजेट २१ लाख ५० हजार रुपैंया खर्च हुने छ।

महिला/पुरुष स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमीइनलिस्ट) टिमरुहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार पुरस्कार पाउनेछन्।

महिला/पुरुष एकल स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमीफाइनलिस्ट) खेलाडीहरुहरूले क्रमशः  ५०, हजार २५ हजार र १० हजार नगद पुरस्कार जित्नेछन्। त्यस्तै, भेट्रान्स सिंगल्स तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमीफाइनलिस्ट)  ले क्रमशः १० हजार ५ हजार र दुई हजार ५०० नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: Nov 24, 2021| 18:10 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।