काठमाडौं– देशका शीर्ष वरीयताका खेलाडीहरु सम्मिलित हुने काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन पुस २१ गतेबाट हुने भएको छ। काठमाडौं ब्याडमिन्टन एकेडेमीले आयोजना गर्न च्याम्पियनसिपमा देशका शीर्ष ८ वरियताका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खेलमा सहभागी विभिन्न टिमका महिला र पुरुषतर्फ शीर्ष वरियतामा रहेका खेलाडी बुधबार सार्वजनिक गरिएको हो।
च्याम्पियनसिपमा पाँच विधाका ब्याडमिन्टन प्रतिस्पर्धा हुनेछन्। त्यसमा मेन्स सिंगल, वुमेन्स सिंगल, कर्पोरेट डबल्स, मेन्स डबल्स, वुमेन्स डबल्स विधा रहेका छन्। मेन्स र वुमेन्स डबलमा शीर्ष वरीयताका ८ खेलाडीले खेल्नेछन्।
त्यस्तै, कर्पोरेट हाउसमा दुई वर्ष काम गरेका व्यक्तिले कर्पोरेड डबलस्मा रहभागिता जनाउन सक्नेछन्। यता मेन्स डबल्स र वुमेन्स डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध व्यक्ति हुनेछन्।
पाँचमध्ये तीन इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ। प्रतियोगिता लिग कम नकआउटको शैलीमा हुनेछ। जहाँ
यो प्रतियोगितालाई कुमारी बैंकले प्रायोजन गरेको छ। ‘कुमारी बैंकले १५ लाख रुपैयाँ आयोजकलाई प्रतियोगिताको लागि दिएको छ। साथै उसले पाँच संस्करणको लागि ७५ लाख रुपैयाँ दिने प्रतिबद्धता पनि जनाएको आयोजकले बताएको छ।
प्रतियोगितामा सहभागी हुने नेपालका शीर्ष आठ वरियताका खेलाडीमा क्रमशः १ देखि ८ सम्म रत्न जित तामाङ, दिपेश धामी, विकास श्रेष्ठ, साजन के ताम्राकार, विष्णु कटुवाल, सुदिप सेडाइँ, दिपक बोहोरा र नवीन श्रेष्ठ रहेका छन्।
त्यस्तै, महिलातर्फ भने शीर्ष ८ मा नाङ्सल तामाङ, अनुता गिरी, अनु माया राई, रसिला महर्जन, जेसिका गुरुङ, शोभा गौचन, सुनमाया मुखिया र सीता राई रहेका छन्। जेसिका र रिताले नखेल्ने भएपछि नवौं र दशौं वरीयताका सीमा राजवंशी र सम्झना शर्माले खेल्ने भएका छन्।
यदि यी खेलाडीलाई प्रतियोगिताअघि चोट लागेमा वा खेल्न नचाहेमा आठौं वरियता पछिका खेलाडीले अवसर पाउने संघका सचिव नविन विक्रम शाहले जानकारी दिएका छन्। ‘व्यक्तिगत प्राविधिक कारण वरियता प्राप्त खेलाडी अनुपस्थित रहेमा त्यसपछिको वरियताको आधारमा उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।
एक टिममा छ देखि आठ जनासम्म खेलाडी रहन पाउने आयोजकले व्यवस्था गरेको छ। आयोजकले प्रतिगिताको लागत ४९ लाख ४६ हजार लाग्ने अनुमान गरेको छ। त्यसमा वरियता प्राप्त विजेता खेलाडीले ७५ हजार पुरस्कार पाउनेछन्। उपविजेताले ६० र तेस्रो तथा चौथोले क्रमशः ५५ हजार र ४७ हजार पाँच सय पुरस्कार पाउनेछन्।
‘खेलाडीको आयस्रोत वृद्धि गर्ने उद्देश्यले दर्ता हुने बित्तिकै २० हजार रुपैयाँ पाउनेछन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै खेलमा २५ सय म्याच फी राखिएको छ। त्यसैले समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजार पुरस्कार पाउनेछन्।’