आइतबार, असार २१, २०८३

यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती र कर्णालीको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई १४० रनले हराएको छ। कर्णालीले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोडेको थियो। जवाफमा लुम्बनी २३.५ ओभरमै अलआउट भएर ९२ रन मात्र बनाएपछि कर्णालीले सानदार जित निकालेको हो।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- यू–१९ पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा बागमती  र कर्णाली प्रदेशले जित निकालेका छन्। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई १४० रनले हराएको छ। कर्णालीले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोडेको थियो। जवाफमा लुम्बनी २३.५ ओभरमै अलआउट भएर ९२ रन मात्र बनाएपछि कर्णालीले सानदार जित निकालेको हो।

कर्णालीका सुवास एयरले ७६ र निश्चल रावलले ४४ रन बनाए। त्यसक्रममा लुम्बिनीका दुर्गेश गुप्तानले ४ विकेट लिए।

लुम्बिनीका प्रज्वल थापाले सर्वाधिक २८ रन बनाए। यता कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए।

त्यस्तै मूलपानीमा सम्पन्न खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई हराएको हो। जहाँ विवेक राना मगरले १११ बलमा ८९ रनको सानदार पारी खेले। त्यस्तै, प्रतीश जिसीले २७ रन र प्रतिक श्रेष्ठले १७ रन बनाए। बाग्मतिले ४८.५ ओभरमा २१३ रन बनाएको थियो।

यता गण्डकीका सुदीप अर्याल, कमल परियार र अभिषेक थापाले समान ३–३ विकेट गिराए।

जवाफमा अर्जुन कुमालले ५५ रन बनाए भने सुजन गौतम र अभाष भण्डारीले समान १३–१३ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

४३ ओभर तीन बल मैदानमा टिमेको गण्डकीमाथि बाग्मतिका प्रतिस जिसी र तिलक बहादुर भण्डारीले समान ३–३ विकेट लिए।

प्रकाशित: Nov 24, 2021| 17:46 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।