आइतबार, फागुन २४, २०८२

प्रशंसा र सुनिराले जिते लन टेनिसमा स्वर्ण

नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं–एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को महिला युगलतर्फ बुधबार स्वर्ण जितेका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं–एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को महिला युगलतर्फ बुधबार स्वर्ण जितेका छन्।

National life

सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन्। प्रशंसा र सुनिराको जोडी सर्किट– १ को पनि विजेता हुन्।

उक्त स्पर्धाको पुरुषतर्फको प्रतियोगितामा नेपालकै सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने। सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा  हराएका हुन्।

सक्षमले पनि सर्किट– १ को युगतमा जित सेयर गरी स्वर्ण जितेका थिए। त्यसबेला सक्षमले नेपालका आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए।

पुरुष एकलमा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुगेका थिए।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा महिलातर्फ नेपालकी सुनिरा थापाले नेपालकै आध्या पौडेललाई ६–३ र ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छाउँदै फाइनल भिडन्त पक्का गरे। एकलतर्फको फाइनल बिहीबार हुनेछ।

प्रकाशित: Nov 24, 2021| 16:50 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।