शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै जिपछिरिङले भने– यसपटक जित्नेगरी उठ्छु

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै जिपछिरिङले भने– यसपटक जित्नेगरी उठ्छु

कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। आशन्न १४ औं महाधिवेशनका लागि उनले आज बुधबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि केन्द्रीय सदस्यमै दुईपटक हारेका लामाले यसपटक भने जित्नेगरी उठ्ने बताए। शेर्पा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्। अहिलेसम्म ३८ जना निर्माण व्यवसायी महाधिवेशन प्रतिनिधि चुनिएर आएको बताउँदै लामाले यो संख्या करिब साढे ४ सय पुग्ने दाबी गरे।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।


प्रकाशित: Nov 24, 2021| 16:07 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...