आइतबार, वैशाख ७, २०८२

एमाले महाधिवेशन : यी हुन् अध्यक्षदेखि सचिवसम्मका दाबेदार

एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्‍न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७० वर्ष उमेर नाघेका कोही पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ।
 |  बुधबार, मंसिर ८, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

बुधबार, मंसिर ८, २०७८

vianetvianet

काठमाडौं– नेकपा एमालेको दसौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्‍ने केपी शर्मा ओलीको चाहनामा भीम रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणाले ब्रेक लगाइदिएको छ। कुनै पदको बार्गेनिङ नगरी घोषणा गरे अनुसार नै भीम रावलले मंसिर ११ गते अध्यक्ष पदमा उम्मेदवारी दिए भने एमालेको अध्यक्ष पदका लागि पनि निर्वाचन हुने निश्‍चितप्रायः छ। त्यसो त वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवमा आकांक्षा राख्नेहरुको लामो सूचीका कारण यी पदमा पनि निर्वाचन हुने सम्भावना बलियो छ।

triton college

यसको संकेत स्वयं अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलनका क्रममा गरेका छन्। उनले प्रष्टसँग भनेका छन्,  ‘मिलेर जानु राम्रो भए पनि म सहमतिका लागि आग्रहसमेत गर्दिनँ, मैले आग्रह गर्दा दबाब पर्नसक्छ। नेताहरुको व्यवस्थापनका लागि चुनाव लडेर भोट ल्याउनुपर्छ। जसले बढी मत ल्याएर विजयी हुन्छ, त्यही मेरो चाहना हुन्छ।’ 

अध्यक्ष ओलीको यो भनाइले अबको दुई दिनपछि चितवनमा सुरु हुने एमालेको दसौं महाधिवेशनबाट आगामी नेतृत्व चयन ब्यालेटका माध्यमबाट नै हुने देखिएको छ। महाधिवेशनमा प्रतिनिधिको करिब एकतिहाइ संख्या केन्द्रीय सदस्यको उम्मेदवार बन्‍ने तयारीमा जुटेका छन्। पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा प्रवेशका लागि कम्तीमा ६ सयदेखि ८ सय महाधिवेशन प्रतिनिधिले दौड सुरु गरेका छन्। यसैलाई आँकलन गरेर एमालेले निर्वाचनको तयारी पनि गरेको छ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचनमा जाने सम्भावना बलियो भएसँगै आकांक्षीहरुले दौडधुप सुरु गरेका छन्। आकांक्षीको सूची लामो भएकै कारण सहमति हुन नसकेको बताउँदै उनले निर्वाचनको तयारी भइरहेको बताए। एमालेमा हाल रहेका १ सय ९६ जना केन्द्रीय सदस्य पुनः दोहोरिने प्रयासमा छन् भने यसअघि केन्द्रीय सदस्यका लागि पटक–पटक प्रयास गरेर असफल भएकादेखि प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका, सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू, केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदहरूसहित करिब ६ सय आसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएका छन्। ताकी एमालेको विधान पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ। त्यसो त १५ सदस्यीय पदाधिकारीमा मात्रै ५० जनाभन्दा धेरै नेताहरुले आकांक्षा राखेका छन्। 

उपाध्यक्ष भीम रावलले आइतबार अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नु अघिसम्म एमालेमा एक खालको माहोल थियो। अर्थात, आकांक्षी सबैको ध्यान र दौड केवल अध्यक्ष केपी शर्मा ओलीलाई फकाउनमा केन्द्रित थियो। उनको बालकोटस्थित निवासमा आकांक्षीको लर्को लाग्‍ने गरेको थियो। 

National life insurance

किनकी ओलीले यो महाधिवेशनबाट आफू निर्विकल्प अध्यक्ष बन्‍ने र अन्य पदाधिकारी पनि सहमतिका आधारमा चयन गर्नुपर्नेमा जोड दिँदै आएका थिए। सोही अनुरुप उनले नेताहरु व्यवस्थापनका लागि सक्रियता देखाएका थिए। तर, जब उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे, त्यसपछि माहोल एकाएक बदलियो। 

एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्‍न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७० वर्ष उमेर नाघेका कोही पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ।

रावलको उम्मेदवारीले निर्विकल्प अध्यक्ष बन्‍ने ओलीको सपनामा धक्का मात्रै लागेन, सहमतिमा पदाधिकारी चयन गर्ने योजना पनि तुइयो। रावलको उम्मेदवारीपछि ओली सहमतिको रटानबाट ब्याक भए भने अकांक्षीहरु ओली निवास धाउन छाडेर महाधिवेशन प्रतिनिधि फकाउनतर्फ केन्द्रित भएका छन्।

कुन पदका लागि को-को छन् दाबेदार?

एमालेको विधानअनुसार महाधिवेशनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्। अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आकांक्षा देखाएका छन्। निर्वाचन भएको अवस्थामा पाँचै जनाले उम्मेदवारी दिने तयारी गरेका छन्। पाँच आकांक्षीमध्ये वरिष्ठ उपाध्यक्षका लागि अध्यक्ष ओलीको नजरमा पोखरेल परेका छन्। स्रोतका अनुसार पोखरेललाई केन्द्रित गरेर नै एमालेमा वरिष्ठ उपाध्यक्ष पद सृजना गरिएको हो। ओली उम्मेदवार भएको अवस्थामा अध्यक्ष पदमा दाबी नगर्ने बताएका पोखरेल दुई पटक महासचिव भइसकेकाले विधानतः अब दोहोरिन मिल्ने अवस्था पनि छैन। एमालेको विधानमा एउटा पदमा एउटा ब्यक्ति दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ। पोखरेल लगातार दुई पटक महासचिव भइसकेका छन्। 

एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्‍न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७० वर्ष उमेर नाघेका कोही पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ। हाल अध्यक्ष र उपाध्यक्षमा आकांक्षा राखेका सबै आकांक्षीहरुको उमेर अबको पाँच वर्षपछि ७० वर्ष नाघेको हुनेछ। 

त्यस्तै उपाध्यक्ष पदमा केही पुराना अनुहारसँगै नयाँ अनुहार पनि आकांक्षी देखिएका छन्। विधान अनुसार अब एमालेमा चार जना उपाध्यक्ष मात्र हुनेछन्। उपाध्यक्ष पदमा पूर्व माओवादी नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, दश बुँदे सहमति पक्षधर घनश्याम भुसाल, रघुजी पन्त, लालबाबु पण्डित, प्रदेश १ का एमाले अध्यक्ष देबराज घिमिरे, किरण गुरुङलगायतले आकांक्षा देखाएका छन्। वरिष्ठ उपाध्यध्यक्षका लागि आफ्नो पक्षमा माहोल नबनेको अवस्थामा पूर्व माओवादी नेता रामबहादुर थापा बादल र १० बुँदे सहमति पक्षधर नेतृ अष्टलक्ष्मी शाक्य उपाध्यक्षका लागि लड्न सक्ने पनि स्रोतको दाबी छ। त्यसो त नवौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डेलाई पनि उपाध्यक्षमा व्यस्थापन गर्ने सम्भावना उत्तिनै बलियो छ। तर, पाण्डे महासचिवमा उम्मेदवारी दिने तयारीमा छन्। 

एमालेमा यसपटक महासचिव पदको भिडन्त पनि रोचक हुने देखिएको छ। किनकी यसपटक जो महासचिव हुन्छ तिनै ब्यक्ति ओलीको उत्तराधिकारी हुने सम्भावना बलियो छ। तर, एक महासचिव पदका लागि करिब आधा दर्जन नेताहरुले आकांक्षा देखाएका छन्। बलियो दाबेदार मानिएका हालका उपमहासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंखर पोखरेल, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डेले आकांक्षा देखाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीको रोजाइमा भने विष्णु पौडेल परेका छन् । 

यस्तै उपमहासचिवको एक पदका लागि प्रदिप ज्ञवाली, गोकर्ण विष्टलगायतका नेताहरुले आकांक्षा देखाएका छन्। महासचिवमा माहोल नमिले पृथ्वी सुब्बा गुरुङ र शंखर पोखरेलले उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्। 

सातवटा सचिव पदका लागि करिब दुई दर्जन नेताहरुले आकांक्षा देखाएका छन्। एमालेको नवौं महाधिवेशनबाट पाँच जना सचिव छानिएका थिए। प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई एमालेको सचिव छन्। १० औं महाधिवेशनबाट भने ७ जना सचिव छानिने छन्। त्यसमा यी पाँचै जनाले त्यो भन्दा माथिल्लो पद नपाए पुरानैमा भए पनि दोहोरिने आकांक्षा राखिरहेका छन्। 

यीबाहेक सचिव पदका लागि महेश बस्नेत, गोकुल बाँस्कोटा, रघुवीर महासेठ, भानुभक्त ढकाल, खगराज अधिकारी, शिबमाया तुम्बाहाम्फे, पद्मा अर्याल, राधा ज्ञवाली, बिन्दा पाण्डे, विष्णु रिमाल, शेरधन राई, डोरमणि पौडेल, यामलाल कडेल, प्रभु शाह, मणि थापा, कर्ण थापा, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, जीवन घिमिरे, गुरु बराल, हिक्मत कुमार कार्की, राजेन्द्र गौतमलगायतका नेताहरुले आकांक्षा देखाएका छन्। 

यसपटक प्यानल बनाएर उम्ममेदवारी घोषणा नगरेकाले उम्मेदवार आफैंले आफ्नो शक्ति र प्रभावका भरमा चुनाव जित्‍नुपर्ने अवस्था छ। जसका कारण कतिपय आकांक्षीले निकै सकस महसुस गरेका छन्। त्यसो त मत हाल्ने महाधिवेशन प्रतिनिधिलाई पनि यसपटक पहिलेजस्तो प्यानलका आधारमा उम्मेदवार खडा नभएकाले त्यति सहज हुने छैन। एमालेमा महाधिवेशन प्रतिनिधि २ हजार २ सय ७९ जना छन्।  


प्रकाशित: Nov 24, 2021| 18:20 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...