मंगलबार, असार ३०, २०८३

फ्रान्स र उरुग्वेको भिडन्त आज : को पुग्ला सेमिफाइनलमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारबाट क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् । 

शुक्रबार हुने पहिलो क्वाटर फाइनल खेलमा फ्रान्स र उरुग्वेबीच भिडन्त हुँदा दोस्रो खेलमा ब्राजिलविरुद्ध बेल्जियम मैदानमा उत्रिने छन् । पहिलो खेल नेपाली समयअनुसार बेलुका पौनै ८ बजे हुनेछ भने दोस्रो खेल राती पौने १२ बजे हुनेछ । 

रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा हुने फ्रान्स र उरुग्वेबीचको खेल निकै रोचक हुने अनुमान गरिएको छ । यी दुई टोलीको खेलालाई धेरैले उरुग्वे रक्षात्मक र फ्रान्स आक्रामक बन्न सक्ने अनुमान गरेका छन् । 

दुबै टिम जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्ने दाउमा छन् । फुटबलमा बराबरी जस्तै हैसियत राख्ने यी दुईटोलीमा जो विजेता बन्छ उसले सेमिफाइनलमा ब्रजिल र बेल्जियमबीचको खेलबाट विजयी भएर आउने टिमसंग खेल्ने छ । 

समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा विजयी भएको उरुग्वेले प्रि–क्वाटरफाइनलमा पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो । उरुग्वेले प्रतियोगितामा हालसम्म विपक्षी टोलीबाट एक मात्रै गोल खाएको छ भने कुल ७ गोल गरेको छ । 

निकै लयमा देखिएको फ्रान्सले भने समुह चरणको दुई खेलमा जीत र एकमा बराबरीको नतिजा निकालेको थियो । प्रि–क्वाटरफाइनलमा भने उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई ४–३ को नमिठो हार चखाउँदै फ्रान्स क्वाटफाइनलमा पुगेको हो । उसले जारी विश्वकपमा ७ गोल गरेको छ भने ४ गोल खाएको छ । फ्रान्सको आक्रामक खेल शैली उसको बलियो पक्ष मानिएको छ ।

सन् १९३० र १९५० मा गरी दुईपटक विश्वविजेता बनेको उरुग्वे सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो भने सन् २०१४ को विश्वकपमा भने प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९९८ को विश्व च्याम्पियन फ्रान्स सन् २०१० को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यी दुई टिमबीच विश्वकपमा पछिल्लो पटक भेट भने सन् २०१० मा भएको थियो । जहाँ समूह ए बाट उरुग्वे विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा यसै समूहमा रहेको फ्रान्स समूह चरणबाटै बाहिरिएको थियो । यी दुई टिमले समूह चरणको खेलमा भने गोलरहित बराबरी खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।